छिट्टै राष्ट्रिय सहमतिको सरकार : अध्यक्ष दाहाल

0

दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै काँग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताका सरकार गठन हुने बताउनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा नेकपा(माओवादी केन्द्र) दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँगे्रस यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो ।”
अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा केन्द्रका नेता लिलामणि पोखरेल र मातृका यादवलगायतले पार्टीलाई विस्तार गरेर पहिलो पार्टी बनाउने दावी गर्नुभयो । उहाँहरुले राष्ट्रिय सहमतिको सरकार बनेपछि आफूहरुले भूकम्पपीडित जनताका लागि अनुदान वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.