बजेट वितरणमुखी भयो: महामन्त्री कोइराला

0

कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले बजेट उत्पादनमुखीभन्दा वितरणमुखी भएको बताउनुभएको छ  । नवलपरासीको अमलटारीमा नेपाल महिला सङ्घको लुम्बिनी अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणमा आउनुभएका कोइरालाले सञ्चारकर्मीसँग भन्नुभयो, “उत्पादनमुखी बजेट ल्याएर राष्ट्रिय पुँजीको विकास गर्नु अहिलेको आवश्यकता थियो, त्यो भएन ।”
उहाँले भन्नुभयो, “भूकम्पले थिलोथिलो भएका जनतालाई राहत दिने कार्यक्रम बजेटमा खासै आएन, यसमा जनताले दुःख मानेका छन् । छिचरिएको बजेटले मुलुकको हित गर्दैन ।”

Leave A Reply

Your email address will not be published.