केडियाको अपहरणप्रति काँग्रेसद्धारा निन्दा

0
काठमाडौं । उद्योगपति एवम् केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली काँग्रेसले निन्दा व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा आज एक विज्ञप्ति जारी गरी बिहीबार बेलुका अज्ञात समूहले गरेको अपहरण र उहाँको चालकलाई गरेको आक्रमणको घटनाप्रति दुुःख व्यक्त गरेको हो ।
“कुनै पनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र सम्बेदनशील विषय भएको र यस्ता आपराधिक क्रियाकलापको नेपाली काँग्रेसले सँधै घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले शान्ति सुव्यवस्थालाई खल्बल्याई आम नागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह, व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही तथा यस्ता घटना पुन नदोहोरिने वातावरण बनाउन सरकारसँग माग समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.