पार्टीको स्थापना दिवसका अवसरमा रक्तदान

0
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन र राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय चाबहिलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा डा प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, सुनिलबहादुर थापा, वुद्धिमान तामाङलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सो अवसरमा ७० जनाले रक्तदान गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष प्रेम बलायरले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.