टंक सापकोटाले जिते उत्कृष्ट ब्यबसायीको पदक

0

चारदिशा सम्बाददाता
पोर्तुगलको राजधानी लिस्बोनमा इटालियन रेस्तुरेन्ट चलाई रहेका नेपाली ब्यबसायी टंक सापकोटाले ‘उत्कृष्ट श्रीजनसिल ब्यबसायी अबार्ड २०१६’ जितेका छन । युबा व्यबसायीहरुको प्रतिस्पर्धामा पोर्तुगलका स्थानीय ब्यबसायीहरुलाई पछी पार्दै सापकोटाले उक्त अबार्ड् जितेका हुन ।

पोर्तुगलको स्थानीय ब्यापारलाई प्रतिस्पर्थी र स्तरिय बनाउन त्यहाको नियमनकारी संस्थाले आफ्नो दक्ष निर्णायक टिमको छनोटमा ब्यबसायीहरु छनोट गर्दछ । सापकोटा निर्णयक मन्डलको छनोटमा परेका उत्कृष्ट ब्यबसायीहरुमा पनि भोटिङमा धेरैको रोजाइमा परेपछी यो अवार्ड जित्न सफल भएका हुन ।

युरोप भरिका नेपालीहरुले सापकोटालाई जिताउन अनलाइन भोटिङको माध्यमले भोट् गरेका थिए । दुई दशक देखि पोर्चुगलमा बस्दै आएका बाग्लुङका सापकोटा पोर्तुगलको नेपाली समुदायमा सफल ब्यबसायी र साहयोगि भाबनाको समाजसेबीको रुपमा पारीचित छन ।

Leave A Reply

Your email address will not be published.