एक किलो सुनसहित दुई भारतीय पक्राउ

0

लुम्बिनी । एक किलो सुनसहित दुई भारतीय नागरिक भैरहवाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीले विशेष सुराकीको आधारमा भारत मोतियारीका २५ वर्षीय हरिओमकुमार र सोही स्थानका २६ वर्षीय सुजित कुमारलाई भैरहवाको आँखा अस्पताल चोकबाट पक्राउ गरेको हो ।
सेतो कपडामा बेरेर कम्मरमा बाँधेर ल्याउँदै गर्दा उनीहरु पक्राउमा परेको डिएसपी शङ्कर खनालले जानकारी दिनुभयो । सुनसँगै दुबैलाई भैरहवास्थित बेलहिया भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरीका अनुसार उक्त सुनको मूल्य रु ४७ लाख ६६ हजार ५८० रहेको छ । हङकङबाट आएको उक्त सुनलाई उनीहरुले काठमाडौँबाट ल्याएको र बेलहिया नाका हँुदै भारत लैजान खोजेको बुझिएको छ ।
उनीहरुलाई भन्सार ऐन अन्तर्गत कारर्बाही गरिने भन्सार कार्यालयले जनाएको छ । सुनचांँदी व्यवसायीले ती व्यक्तिले ल्याएको सुन नेपाली बजारमा पाइने सुन भन्दा स्तरीय रहेको उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.