नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रहरी विरुद्धआरोपपत्र दायर

0

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब निरीक्षक सुधीर विक्रम शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।
शाहले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना, भारतबाट सन् १९९५ मा आइए तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएको आयोगले जनाएको छ । उनीउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन माग दाबी गर्दै आयोगले आरोपपत्र दायर गरेको हो ।

Leave A Reply

Your email address will not be published.