मध्यरातमा परकम्प

0

काठमाडौं । गएराति मध्यरातमा धादिङको नौबिसे आसपास केन्द्र बनाएर ४.२ रिक्टरको परकम्प गएको छ ।  राति १२ बजेर ५४ मिनेटमा गएको परकम्पको धक्का काठमाडौँ र छिमेकी जिल्लामा महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प हो । हालसम्म चार रिक्टर माथिका ४५९ वटा परकम्प गइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.