अब देशलाई निकास दिन्छौँ : नेता पौडेल

0

नवलपरासी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र मधेसवादी दलबीच आन्दोलनको समन्वय गर्ने काम अब नेपाली काँग्रेसको काँधमा आएको बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै नेता पौडेलले भन्नुभयो – “आन्दोलनरत पक्ष र सरकारबीच वार्ता अब काँग्रेसले मिलाउँछ ।”
सो अवसरमा नेता पौडेलले सरकारले जनतामुखी काम गर्न नसकेको बताउँदै पहिला संविधान निर्माणमा अगुवा बनेको काँग्रेस अब संविधान कार्यान्वयनको काममा पनि अगुवा बन्नेछ । सरकारले अहिले घोषणा गरेका स्थानीय निर्वाचनको कुनै औचित्य नभएको बताउँदै नेता पौडेलले देश सङ्घीयतातर्फ उन्मुख भएकाले पुरानै गाविस वा नगरपालिका नभई सङ्घीयताका आधारमा गाउँपालिका, नगरपालिकाअनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गर्नुभयो ।
देशमा देखिएका विभिन्न समस्या समाधान गर्ने काममा अब काँग्रेस अघि बढ्ने विचार राख्दै नेता पौडेलले अब देशलाई निकास दिन काँग्रेसले संविधान कार्यान्वयनका साथै लोकतन्त्र संस्थागत गर्न अघि बढ्ने विचार राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.