बेल्जियममा बुद्ध जयन्ती भब्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

0

लुभेन ।  बेल्जियम स्थित हुई गुम्बामा शेर्पा किदुग बेल्जियम, तमु समाज,तामाङ समाज,विश्व मगर संघ,सिकलेस पार्चे कल्याण कोष संयुक्त किरात समाज र थकाली समाजको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती लामा गुरुहरूको बाहुलिबाट बौद्धधर्म बिधि र कर्म अनुरुप पुजापाठ गरि सम्पन्न गरेको छ ।
उक्त पुजापाठ कार्यक्रममा लामा गुरू शेरप दोर्जे रेम्बोछेले बिश्वमा शान्ति कायम भै मानव लगायत सम्पूर्ण प्राणी जगतले सुख शान्ति प्राप्त गर्नको लागि बुद्धको मार्गमा अग्रसर भै रिस-राग , हिँसा , अज्ञानता , डाह र मोह आदिलाई त्यागेर स्वच्छ मन बचन र कर्मले शान्तिपूर्ण जीवन यापन गर्न बुद्धले दिनु भएको बाणी र उपदेशलाई पालन गर्दै अगाडि बढ्न सकेमा सबैको कल्याण हुने भन्दै लुङदुर ठढाएर १०८ दीप(छ्युमी) प्रज्वलन गरि शान्तिको कामना गरियो। हुई गुम्बा सम्म लुंडदुर एनआरएन आईसीसी सँरक्षक दिल गुरूंगले लगेका थिए ।
पाच सय भन्दा बढी श्रद्धालुहरु उपस्थित रहेको उक्त पुजा कार्यक्रममा औष्टेन्डे नेपाली समाज ,एभरेष्ट नेपाली समाज ब्रुगे ,ईन्द्र धनुष ल्कब , हिमालयन सोसाईटीको बिषेश सहभागीता र बेल्जियममा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत बुद्ध धर्म प्रति आश्थावान नेपाली र बिदेशीको समेत बाक्लै उपस्थिति रहेको थियो ।

IMG_1204
साथै सहभागीहरूलाई खाना र पेय पदार्थ
ब्यबस्था गर्न प्रायोजन तथा सहयोग गर्ने सम्पुर्ण महानुभाव लगायत संघ संस्थाहरूप्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु हुने सम्पुर्ण बेल्जियमबासी नेपाली दाजुभाई तथा दिदिबहिनीमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गरेको छ ।
जित लामा / राम लामा

IMG_1205

IMG_1201

Leave A Reply

Your email address will not be published.