मृतकका परिवारलाई तेह्र लाख सहयोग

0

बागलुङ । जिल्लाको गलकोटबाट जापान पुगेकाको साझा संस्था ‘गलकोट समाज जापान’ले जापानमा ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई राहत रकम प्रदान गरेको छ । गलकोट, हटिया–३ का स्व रविलाल भण्डारीकी श्रीमती मञ्जु भण्डारीलाई रु १३ लाख नौ हजार आर्थिक सहयोग प्रदान गरिएको हो ।
समाजले गलकोटमा आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटनका अवसरमा सो राहत रकम हस्तान्तरण गरिएको हो । स्व भण्डारीको जापान पुगेको छोटो समयमै केही महिनाअघि आकस्मिक निधन भएको थियो । बालबच्चाको पठनपाठन र पालनपोषणका लागि राहत रकम दिइएको समाजका अध्यक्ष हर्क थापाले बताउनुभयो ।
“जापानमा रहेका गलकोटेबाट रकम सङ्कलन गरी मृतकको परिवारलाई आर्थिक सहयोग गरेका हौँ” अध्यक्ष थापाले भन्नुभयो – “जापानमा दुःख, साह्रो पर्दा नेपालीको उद्धार र सहयोगमा समाजले काम गरिरहेको छ ।”
हालसम्म त्यस्तो सहयोगमा रु एक करोड ५० लाखभन्दा बढी खर्च भइसकेको समाजले जनाएको छ । सोही अवसरमा समाजले गुल्मी बडगाउँका आगलागीपीडित परिवारलाई समेत रु एक लाख सहयोग प्रदान गरेको थियो । समाजले मङ्गलबारदेखि सुरु गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर आज सकिँदैछ ।

Leave A Reply

Your email address will not be published.