फुलमाया र गिरिजाप्रसाद

0

fulmaya
चारदिशा

चारपानेकी फुलमाया धिमाल प्रथम महिला रिक्सा चालक भएको समाचार फैलिएपछि उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नजरमा परिन् । “झापा आएका बेला गिरिजाबाबुले काठमाडौँ आउ फुलमाया भनेका थिए,” गिरिजाबाबुसँगको भेट सम्झिँदै उनी भन्छिन्, “उनले नै मलाई अमेरिका जाने मौका मिलाइदिए ।” गिरिजाबाबुले फुलमायालाई ‘छोरी’ भनेर बोलाउने गरेको उनी बताउँछिन् । झापा कहिल्यै नछाडेकी फुलमाया अमेरिका र ब्रुनाई भ्रमणमा जान पाएकी थिइन् । उनलाई लैजानमा नेपाली काँग्रेसकी नेत्री गिरिराजकुमारी प्रसार्इंले ठूलो भूमिका खेलेकी थिईन  । फुलमायाको नागरिकतासमेत प्रसाईंले नै बनाइदिएकी हुन् ।

त्यही नागरिकताबाट राहदानी बनेपछि उनले प्रथम महिला रिक्सा चालककै हैसियतमा विदेश भ्रमण गर्न पाइन् । विदेशमा भव्य स्वागत र सम्मान पाएको उनले भुलेकी छैनन् । तर उनले त्यसबेला खिचेका तस्बिरको सङ्ग्रह भने गरेकी छैनन् । विदेशमा रहँदा पाएको उपहार र नगद सहयोग डलर नेपाल आउँदा नदिइएकामा भने उनको गुनासो छ । “फुलमाया डुल्यौँ, घुम्न पायौँ, सकियो नि उताको पैसा”, नेपाल आइपुगेपछि अमेरिका भ्रमणमा सँगै रहेका एक व्यक्तिले भनेको सम्झिँदै उनी थप्छिन्, “त्यो डलरले घर बनाउँला भन्ने सोचेकी थिएँ, खाइदियो , ” विदेशमा गाईको मासु खान दिँदा ‘नो नो’ भन्दै आफूले अस्वीकार गरेको उनले बताइन् । फुलमायाले चार महिनासम्म अमेरिका र ब्रुनाई घुमेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.