द्रुतमार्ग राज्यले बनाउने निर्णयप्रति काँग्रेस केस कोइरालाको आपत्ति

0

पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले निजगढ द्रुतमार्ग राज्यले बनाउने गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । नेपाल शिक्षक सङ्घ पाँचथरको २७औँ स्थापना दिवसका अवसरमा आज फिदिममा आयोजित कार्यक्रममा उहाँले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलगाई राज्यले आफैँ बनाउने निर्णय गलत भएको टिप्पणी गर्नुभयो ।
सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो लागे पनि त्यो व्यवहारमा कार्यान्वयन गर्न नसकिने उहाँले बताउनुभयो । काँग्रेसले सरकारको निगरानी गरिरहेको उल्लेख गर्दै नेता कोइरालाले आफूहरु सशक्त प्रतिपक्षमा बसिरहेको र आवश्यक परेका बेला सरकारमा जानसक्ने उल्लेख गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.