विमानस्थलमा प्रहरी छापा

0

काठमाडौं । प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा अहिले छापा हानेको छ । छापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट उनीहरु विदेश जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विमानस्थलमा भइरहेको छापामा श्रम तथा रोजगार मन्त्री दीपक बोहरासमेत सहभागी हुनुहुन्छ ।
नक्कली पुनː श्रम स्वीकृति, नक्कली मागपत्र, नक्कली प्रवेशाज्ञालगायतका काम भइरहेको सूचनाका आधारमा छापा मारिएको महाशाखाका प्रमुख खनालले बताउनुभयो । यस्तै प्रहरीले ताहाचलस्थित श्रम कार्यालयका पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.