बेल्जियममा भानुभक्त स्वर्णपदकले स्रष्टाहरु अलँकृत

0
 चारदिशा सम्वाददाता, बेल्जियम ।
नेपाल सरकार सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिव्दारा बेल्जियममा रही  नेपाली भाषा साहित्यको श्रीवृद्धि र २०० औं भानु जयन्ती विशेष रुपमा सम्पन्न गर्न खेलेको भूमिका स्वरुप प्रदान गरिएको  “भानुभक्त स्वर्ण पदक“ र प्रशस्ति पत्र आज २२ जनवरी २०१५ का दिन बेल्जियमस्थित नेपाली महामहिम राजदूत राममणि पोखरेलले नेपाली राजदूतावासमा आयोजित सँक्षिप्त कार्यक्रममाका वीच सम्वन्धित स्रष्टाहरुलाई अलँकृत गर्नुभयो ।
 सो अवसरमा राजदुत पोखरेलले नेपाली साहित्यको प्रगतिप्रति खुशी व्यक्त गर्दै नेपाली भाषा र साहित्यको प्रसार र प्रवद्र्धनका लागि अनुवादको थालनी गर्नुपर्ने र यसका लागि राजदुतावासले अभिभावकीय भुमिका निर्वाह गर्न तयार रहेको जानकारी दिनु भयो । कार्यक्रममा कन्सुलर कुमार खरेलले विदेशमा रहेर भाषाको सेवा गर्दै यो पदक ग्रहण गर्न पाउनु डायस्पोरीय नेपालीको लागि गर्वको विषय रहेको र यसलाई निरन्तर रुपमा गति दिन आग्रह गर्नुभयो भने व्दितीय सचिव लक्ष्मण खनालले विदेशमा रहेर पनि  भाषिक चिन्तनमा लागिपर्नु आफैमा प्रशँसनीय पक्ष रहेको बताउनु भयो ।
 कार्यक्रममा अनेसास बेल्जियमको तर्फबाट अध्यक्ष दीपेन्द्र के.सी. ले नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आदिकवि भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समिति र बेल्जियममा भानुभक्त व्दिशतवार्षिकी समारोहको सँरक्षकत्वका लागि नेपाली राजदुतावासलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । गत वर्ष यहाँ पनि आदिकविको २०० जन्मजयन्ती एक कार्यक्रमका वीच सम्पन्न भएको थियो ।
 आज  स्वर्ण पदकले  अलँकृतहुने स्रष्टाहरुमा अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र के.सीं, निवर्तमान अध्यक्ष विमल गिरी, उपाध्यक्ष राजकुमार पुडासैनी, महासचिव दीपकज्योति पौडेल र सदस्य मोहन खत्री हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.