काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन : महामन्त्री कोइराला

0

क्यालिफोर्निया । अमेरिका भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताउनुभएको छ । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न असफल भएको दाबी गर्नुभयो ।
मधेसको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने दाबी पनि उहाँले गर्नुभयो । पार्टीलाई जीवन्त बनाउन विचारको लडाइँ हुनुपर्ने बताउँदै महामन्त्री कोइरालाले भन्नुभयो – व्यक्तिगत स्वार्थका आधारमा गुटबन्दी गर्न हँुदैन । न्यूयोर्क, भर्जिनिया, डल्लास, लस एन्जल्स, सानफ्रान्सिस्को र सिकागोमा हुने कार्यक्रममा भाग लिई कोइराला अर्को साता स्वदेश फर्कने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.