दीक्षितलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

0

काठमाडौं । सर्वोच्च अदालतले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश दिएको हो । अकुत सम्पत्ति जोडेको आरोपमा हिरासतमा लिइएका दीक्षितलाई सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूल सम्पत्ति जोडेको आरोपमा छानबिन गर्न उहाँलाई हिरासतमा राखेको थियो । यही वैशाख १५ गते कानुनी प्रक्रिया नपु-याई हिरासतमा राखेको जनाई उहाँकी पत्नी शान्ताले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.