पार्टी एकताबारे एमाओवादीमा छलफल

0

काठमाडौं । एकीकृत नेकपा (माओवादी)को स्थायी समिति बैठकमा माओवादी पार्टीबीच एकताको विषयमा छलफल सुरु भएको छ । आज बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल चलाइरहेको छ । बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी आज स्थगित भएको छ ।

Leave A Reply

Your email address will not be published.