रुसमा नेपाली कला

0

काठमाडौं । पुल्चोकस्थित पार्क ग्यालरीको संयोजनमा रुसको राजधानी मस्कोस्थित नेपाली दूतावासमा नेपाली आयोजित कला प्रदर्शनी आज सम्पन्न भएको छ । नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापित ६०औंँ वर्षको सन्दर्भ पारेर रुसस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ रूसको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा नेपाललाई माया गर्ने विदेशी तथा ठूलो सङ्ख्यामा नेपाली समुदायको उपस्थितिमा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
नेपालका मूर्धन्य कलाकार तेजबहादुर चित्रकार, चन्द्रमान सिंह मास्के र रामानन्द जोशी तथा मदन चित्रकार, शङ्करराजसिंह सुवाल, सुरेन्द्र प्रधान, राजन काफ्ले, बुद्धि गुरुङ, डि राम पाल्पाली, विजय महर्जन, ध्वज गुरुङ, प्रमिला वज्राचार्य, उमेश साह, सुप्रिया मानन्धर, सूर्य बराइली, निरज चित्रकारका चित्र प्रदर्शनीमा राखिएको थियो । नेपाली समसामयिक कलाको अवस्थाको चित्रण ती चित्रमार्फत गरिएको ग्यालरी सञ्चालक तथा कलाकार नीरा जोशी प्रधानले बताउनुभयो ।
कला–समीक्षक मुकेश मल्लले सन् १९३० को दशकतिर नेपाली कलामा पश्चिमेली शैली भित्र्याएर आफ्नो परम्परागत कलाशैलीलाई नयाँ आधुनिकस्तरमा उकास्ने मास्के तथा तेजबहादुरका साथै मल्लकालदेखि नै नेपालमा प्रचलित तान्त्रिक कलालाई पश्चिमेली आधुनिक कलाप्रवृत्तिका आधारमा नवतान्त्रिक कलाका रूपमा विकास गर्ने रामानन्दका कलाकृति तथा वर्तमान चित्रकारका चित्रले आधुनिक नेपाली चित्रकलालाई पश्चिमी शैलीकै माध्यमबाट आफ्नो कला–परम्परालाई मौलिक रूपमा विकसित गर्ने नेपाली कलाको इतिहास र वर्तमान परिवेशको चित्रण गर्न सकेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.