एकै घरका तीनसहित चार जनाको हत्या

0

सल्यान । सल्यानमा एकै घरका तीन जनासहित चार जनाको हत्या भएको छ । गएराति छायाँ क्षेत्र गाविस–९ रानागाउँमा चार जनाको सामूहिक हत्या भएको हो । रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीताखान ठकुरी, तीन वर्षीया छोरी पवित्राखान ठकुरी, एक वर्षीया सविताखान ठकुरी र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
बिहानसम्म पनि घरमा कोही पनि बाहिर नदेखेर छिमेकी घर पुग्दा मृत्त अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.