चैतमा दश महिलाको हत्या र सत्ताइस बलात्कृत

0

काठमाडौं । चैत महिनामा १० महिलाको हत्या भएको र २७ महिला तथा किशोरी बलात्कारमा परेको एक सञ्चार अध्ययनले देखाएको छ । सञ्चारिका समूह नेपालले विभिन्न १५ राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनका क्रममा अधिकांश पीडित १० देखि १५ वर्ष उमेर समूहका रहेको देखिएको छ ।
अध्ययनका क्रममा सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई दिएको स्थान सन्तोषजनक देखिएको थियो । अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य, छिमेकी, राज्य, पीडक उल्लेख नभएका र अन्य भएको देखाएको छ ।
अध्ययनमा गोरखापत्र, कान्तिपुर, नागरिक, नयाँ पत्रिका, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाडाँै पोस्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ् नेपाललाई समेटिएको थियो ।

Leave A Reply

Your email address will not be published.