राष्ट्रपतिद्वारा संसद् अधिवेशनको आह्वान

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा २०७३ साल वैशाख २१ गते मङ्गलबारका दिन ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन आह्वान गर्नुभएको छ । व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भटृराईद्वारा हस्ताक्षरित आज प्रकाशित सूचनाअनुसार उक्त मिति, समय र स्थानमा संसद् सदस्यहरुको उपस्थितिका लागि व्यवस्थापिका–संसद सचिवालयले अनुरोध पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.