एमाले केक बैठकमा समूहगत छलफल

0

काठमाडौं । नेकपा(एमाले) केन्द्रीय कमिटीको छैटौँ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आज बिहानदेखि समूहगत छलफल भइरहेको छ ।
पार्टीका पदाधिकारी सहितका कुल १८४ केन्द्रीय सदस्यले दश समूहमा विभाजित भई आज दिनभर पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा छलफल गर्ने र टोली नेताहरुले सोमबार आआफ्नो समूहको धारणा र सुझाव प्रस्तुत गर्ने केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
टोली नेताहरुमा कर्णबहादुर थापा, सीता गिरी ओली, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टङ्क कार्की, ठाकुर गैरे, राजेन्द्र राई, गणेश पहाडी, शेरबहादुर तामाङ र केदार न्यौपाने रहनुभएको छ । सोमबार सबै टोलीबाट धारणा प्रस्तुत भएपछि राजनीतिक प्रतिवेदन परिमार्जन गरी पारित गरिने बताइएको छ ।
मङ्गलबार बस्ने बैठकमा भने स्थायी कमिटीका निर्णयहरु अनुमोदन, पार्टी विभागहरुमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अड्काउ फुकाउ, केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्तावबारे निर्णय लिइने नेता श्रेष्ठले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.