संवैधानिक परिषद्को बैठकमा निर्णय भएन

0

काठमाडौं । भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसकेको जानकारी दिनुभयो ।
अर्का बैठक आजै साँझ ५:३० बजे बस्ने जनाइएको छ । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । उहाँपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा रहनुभएको छ । नेपालको संविधानानुसार परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।

Leave A Reply

Your email address will not be published.