देउवालाई भारतीय विदेशमन्त्रीको बधाई

0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँ नेका संसदीय दलको नेतामा निर्वाचित हुनुभएकामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज बधाई ज्ञापन गर्नुभएको छ । आजै संसदीय दलको नेतामा निर्वाचित हुनुभएका देउवालाई विदेशमन्त्री स्वराजले टेलिफोनमार्फत बधाई दिदै उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.