घुस लिने अधिकृतविरुद्ध मुद्दा दायर

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार शाखा अधिकृत खरेलले वैदेशिक रोजगारसम्बन्धी विवादमा अनुसन्धानका लागि थुनामा रहेका एक व्यक्तिलाई मुद्दा मिलाइदिन्छु र थुनामुक्त गरिदिन्छु भनी रु एक लाख घुस लिँदै गरेको अवस्थामा केही समयअघि पक्राउ परेका थिए । आयोगले घुसबापतको लिएको रु एक लाख बिगो र हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.