संदिग्ध अल्जेरियाली नागरिक पक्राउ

0

रोम । पेरिस र ब्रसेल्समा भएको आतङ्कवाद आक्रमणमा संलग्न रहेको आशङ्कमा इटालियन प्रहरीले संदिग्ध एक अल्जेरियाली नागरिकलाई पक्राउ गरेको इटालियन सञ्चार माध्यम आन्साले शानिबार जानकारी दिएको छ । दक्षिणी इटालिनको तटिय प्रान्त सालेर्नोको बेल्लीजी सहरबाट जमाल एडिन ओवालीलाई पक्राउ गरेको उक्त समाचार संस्थाले जनाएको छ ।
जमालले गत अक्टोबर २०१५ मा बेल्जियम प्रवेश गर्न लाग्दा नक्कली कागजपत्र पेस गरेको पत्ता लागेको छ । निजलाई अनियमित अध्यागमन र पछि वेल्जियममा कुनै आपराधिक सङ्गठनमा संलग्न भएको आरोपमा अधिकारीहरुले पक्राउ गर्नु पर्नेहरुको सूचीमा राखेको थियो ।
निजले प्रयोग गरेको नक्कली राजधानी भिषासमेत पेरिस र ब्रसेल्स आक्रमणको क्रममा स्थानीय अधिकारीहरुलाई झुक्याई प्रयोग गरेको समेत खुलाइएको छ । अनुसन्धानका क्रममा करिव एक हजार जनाको फोटोसहित नक्कली कागजपत्र प्रहरीले सार्वजनिक गरेको थियो । निज जमाललाई बेल्जियम र इटालीसम्म आतङ्वाद हमला गर्ने अतिवादी सङ्गठनसँग आवद्ध भएको समेत अनुसन्धानले देखाएको उक्त समाचार संस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.