कांग्रेस संसदीय दलमा निर्वाचन विधिबारे छलफल

0

काठमाडौं । नेपाली कांग्रेसको रिक्त रहेको संसदीय दलको नेता निर्वाचनका सन्दर्भमा छलफल र निर्णयका लागि आज निर्वाचन समितिले छलफल गर्दैछ । संसदीय दलको विधान नयाँ संविधान र कांग्रेस विधानको संशोधित प्रावधान अनुरुप नहुँदा रिक्त रहेको दलको नेतादेखि कार्यसमिति चयनमा अफ्ठ्यारो परेको छ । समितिलाई परेको अफ्ठ्यारो फुकाउने प्रबन्ध खोज्ने गरी आज बैठक बस्न लागेको हो । सदस्य गुरुराज घिमिरेका अनुसार संविधान र कांग्रेसको संशोधित विधान अनुसार पार्टीको महाधिवेशन नै प्रदेशको ढाँचामा गरिएकाले संसदीय दलको विधानमा पनि ती प्रबन्धहरु मिलान गर्नुपर्ने भएको हो ।
त्यसका लागि विधानमा आवश्यक संशोधनका लागि सुरुमा संसदीय दलको बैठक बस्नुपर्ने र दलको सिफारिशका आधारमा केन्द्रीय समितिको बैठकले मात्र संसदीय दलको विधान संशोधन गर्न सक्ने छ ।
दलको नेता र अरु पदको निर्वाचन गराउनका लागि नेता रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ । दलका नेता सुशील कोइरालाको पार्टी महाधिवेशनकै क्रममा निधन भएपछि उक्त पद रिक्त रहेको हो । दलको नेता बन्न सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले आ–आफ्नो लबिङ तीब्र पारेका छन् । दुबै नेताले आफ्नो पक्षमा मत दिन सांसदहरुलाई आग्रह गर्दै भेटघाट बाक्लो बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.