भागवण्डाको राजनीति सकियो : देउवा

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कसैले पनि अन्याय महसुस गर्नुनपर्ने बताएका छन् ।
नेपाल महिला संघले कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिन शनिबार राजधानीमा गरेको कार्यक्रममा सभापति देउवाले पार्टीभित्र भागबन्डाको राजनीति अन्त्य भएको र त्यसको सुरुआत आफूले गरेको बताए ।
उनले भ्रातृ संस्थाहरुको अधिवेशन पनि तत्कालै सुरु गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस पार्टी महामन्त्री डा. शशांक कोइरालाले महिलाको हक, अधिकारका पक्षमा आफू सधैं प्रतिबद्ध भएर लाग्ने बताए । उनले एसियामै पहिलोपटक महिला मन्त्री कांग्रेसले बनाएको भन्दै महिलाले पनि आफूलाई परिवर्तन गरेर लाने हिम्मत गर्ने बेला आएको बताए । कार्यक्रममा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य डिला संग्रौलालगायतकाले महिला अधिकारका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.