प्रम ओली र सभापति देउवाबीच भेटवार्ता

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । हालै सम्पन्न महाधिवेशनबाट सभापति पदमा निर्वाचितपछि प्रधानमन्त्री ओलीसँग देउवाको यो पहिलो भेटवार्ता हो । सभापति देउवालाई प्रधानमन्त्री ओलीले खादा लगाएर बधाई तथा शुभकामना दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका कार्यसूचीबारे सभापति देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.