कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार

0

काठमाडौं । नेपाली कांग्रेसको १३औं महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको जानकारी दिए ।
महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको दुई दिनपछि बैठक बस्न लागेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सातजनालाई केन्द्रीय सदस्यकारुपमा मनोनयन गरेको घोषणा गरेका थिए । बैठकले उनीहरुको मनोनयनलाई अनुमोदन गर्ने बताइएको छ ।
कांग्रेस विधानअनुसार महाधिवेशनले पदाधिकारीसहित ६४ जनालाई निर्वाचित गरेको छ । महाविधेशनबाट सभापतिमा देउवासहित महामन्त्रीमा डा. शशांक कोइराला, कोषाध्यक्षमा सीतादेवी यादवसहित ६१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.