पौडेल निवासमा चियापान, विजयीलाई बधाइ

0

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आज पार्टीका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बधाई दिनुभएको छ । आफ्नै निवास बोहोराटारमा चियापान कार्यक्रमको आयोजना गरी उहाँले सभापति शेरबहादुर देउवासहितका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई दिनुभएको हो । नेता पौडेलले सभापति देउवा, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतको कार्यकाल सफलताको शुभकामना दिनुभयो । चियापानमा प्रकाशमान सिंह, डा शेखर कोइराला, खुमबहादुर खड्का, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठलगायत अधिकांश केन्द्रीय सदस्यको पनि सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.