प्रधानमन्त्री ओलीको निर्णय क्षमताप्रति भारत संशकित

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब आर्थिक विकासको चरणमा प्रवेश गरेकाले यहाँको विकासमा भारतको सहयोगको अपेक्षा सरकारले गरेको बताउनुभएको छ । भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्करसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँले नेपाली भूमि कुनै पनि छिमेकी मुलुकको विरुद्ध प्रयोग हुन नदिनेमा सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले नेपालमा अहिले कुनै राजनीतिक समस्या नरहेको र कहीँ कतै कुनै समस्या छन् भने पनि संवाद र वार्ताका माध्यमबाट समाधान खोज्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।
पोखरामा हुने दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क) को मन्त्रीस्तरीय बैठकका लागि नेपाल आउनुभएका सचिव जयशङ्करले नेपालको स्थायित्व र विकासका लागि भारत सहयोगी बन्न चाहेको अवगत गराउनुभएको थियो । नेपालमा स्थायित्व र विकास भयो भने त्यसबाट भारतलाई पनि सकारात्मक सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीको निर्णय क्षमताप्रति भारत सरकारको ठूलो विश्वास रहेको बताउँदै नेपाल–भारतबीच विगतमा सम्झौता भई थाती रहेका काम अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.