नेकाँ खुल्ला केन्द्रीय सदस्यमा कसले कति मत ल्याए

0

काठमाडौं । नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न उक्त मतगणनाअनुसार खुल्ला २५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएकामध्ये डा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याई विजयी हुनुभएको छ ।
उहाँले एक हजार ८४८ मत प्राप्त गर्नुभएको छ । यसैगरी खुमबहादुर खड्का एक हजार ८४६, प्रकाशमान सिंह एक हजार ७९५, प्रदीप पौडेल एक हजार ७०९, कुलबहादुर गुरुङ एक हजार ७७३, प्रदीप गिरी एक हजार ७२५, धनराज गुरुङ एक हजार ६९७, बालकृष्ण खाँण एक हजार ७०४, रमेश लेखक एक हजार ६८९, पूर्णबहादुर खड्का एक हजार ६८६, महेश आचार्य एक हजार ६६९, बलबहादुर केसी एक हजार ६७४, विमलेन्द्र निधि एक हजार ६८० र डा रामशरण महत एक हजार ६११ मतसहित केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ ।
त्यस्तै, सुजाता कोइराला एक हजार ६१९, विश्वप्रकाश शर्मा एक हजार ६२०, शङ्कर भण्डारी एक हजार ५४७, एनपी साउद एक हजार ५४७, बद्री पाण्डे एक हजार ४८५, गोपालमान श्रेष्ठ एक हजार ४९९, ज्ञानेन्द्रबहादुर कार्की एक हजार ५०२, डा प्रकाशशरण महत एक हजार ४९१, डा नारायण खड्का एक हजार ४६४, चन्द्र भण्डारी एक हजार ४९२, डा मीनेन्द्र रिजाल एक हजार ४२० मतसहित विजयी हुनुभएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुल तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो । खुल्ला २५ सदस्यका लागि ९० जनाले उम्मेदवारी दिनुभएको थियो ।
तीन पदाधिकारी र २१ समावेशी केन्द्रीय सदस्यको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.