डा. शेखर नर्भिकमा भर्ना

0

काठमाडौं । नेपाली कांगे्रसमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएका डा. शेखर कोइराला अस्पताल भर्ना हुनुभएको छ । हृदयघातको संकेत देखिएपछि उहाँलाई सोमबार विहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । गएराति चिटचिट पसिना, कमजोर र एक्कासि झाडावान्ता भएपछि आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।
उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेत्री सुजाता कोइराला, नेता बलबहादुर केसीलगायत अस्पताल पुग्नुभएको थियो । डा कोइरालालाई डा मधु घिमिरेको टोलीले उपचार गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.