प्रधानमन्त्री कोइराला र महासचिव बानबीच भेटवार्ता

0

न्युयोर्क- प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनबीच शिष्टाचार भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटवार्तामा उद्दिहरुबीच संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन तथा विश्व शान्तिस्थापना कार्यमा नेपालले पुर्‍याउँदै आएको योगदानका बारेमा छलफल भएको थियो।

सो अवसरमा महासचिव बानले नेपालको राजनीतिक सङ्क्रमणको व्यवस्थापनका लागि प्रधानमन्त्री कोइरालाले खेलेको भूमिकाको प्रशंसा गरे। विश्व शान्ति स्थापना कार्यमा नेपालले गरेको योगदानको सह्राना गर्दै उनले शान्ति स्थापनामा कार्यमा नेपाली सुरक्षा फौजले साहसिक र व्यावसायिक प्रदर्शन गरेको बताए।

नेपालको शान्ति प्रक्रिया र संविधान लेखनले छिटोभन्दा छिटो निष्कर्ष पाउने विश्वास व्यक्त गर्दै महासचिव बानले आफूले शान्त र समृद्ध नेपाल देख्न चाहेको बताउए।
प्रधानन्त्री कोइरालाले जलवायु परिवर्तनबाट मानिस र प्रकृतिमा परेको असर न्यून गर्ने सन्दर्भमा महासचिव स्वयम्ले चासो दिएर जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। भेटवार्तामा प्रधानमन्त्री कोइरालाले विश्व शान्ति स्थापनाका लागि नेपालले निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको

परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले जानकारी दिए।
प्रधानमन्त्री कोइरालाले महासचिव बानलाई नेपाल भ्रमणको निम्तोसमेत दिए। सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा. दिनेश भट्टराई, राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दूर्गाप्रसाद भट्टराईलगायत भ्रमणदलका अन्य सदस्य सहभागी थिए।
नारायणप्रसाद न्यौपाने/रासस

Leave A Reply

Your email address will not be published.