खुला केन्द्रीय सदस्यमा पुरानै दोहोरिने

0

काठमाडौं । नेपाली कांगे्रसको खुलातर्फ केन्द्रीय सदस्यहरु पुरानै दोहोरिने पूर्वानुमान गरिएको छ । मत गणनाको आज तेश्रो दिन तिनै पुराना नेताहरु शीर्ष २५ मा रहेकाले त्यस्तो पूर्वानुमान गरिएको हो । नयाँमा एकजना मात्र आएका आएका छन् । विश्वप्रकाश शर्मा मात्र केन्द्रीय सदस्यका लागि नयाँ हुन् । रमेश लेखक १२ औं महाधिवेशनमा पराजित अनुहार हो भने धनराज गुरुङले जनजातितर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । अर्जुननरसिंह केसी, गगन थापा, दिपकुमार उपाध्याय, रामचन्द्र पौडेलको स्थानमा पुराना नेताहरु नै आएका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधिको स्थानमा विश्वप्रकाश शर्मा, रमेश लेखक र धनराज गुरुङ आएका हुन् ।
यता महिलातर्फ डिला संग्रौला, कमला पन्त, पुष्पा भुषाल, सरिता प्रसाई, ईश्वरी न्यौपाने र अम्बिका बस्नेत अग्रस्थानमा छन् भने जनजातितर्फ चीनकाजी श्रेष्ठ, बहादुरसिंह लामा,, महादेव गुरुङ र आङगेलु शर्पा अगाडि छन् ।
पाँच सय मत गनिसकेपछि शीर्ष २५ को परिणाम यस्तो छ ।
१  खुमबहादुर खड्का २९७
२  प्रकाशमान सिंह २९७
३ शेखर कोइराला २९३
४ प्रदिप पौडेल २९२
५  विमलेन्द्र निधि २८१
६ बालकृष्ण खाण २७७
७ पूर्णबहादुर खड्का २७५
८ प्रदिप गिरी २७४
९ रमेश लेखक २७४
१० महेश आचार्य २७०
११धनराज गुरूङ २६१
१२ कुलबहादुर गुरूङ २५५
१३ रामशरण महत २५५
१४ विश्वप्रकाश शर्मा २५२
१५ बलबहादुर केसी २५१
१६प्रकाशशरण महत २४९
१७ मिनेन्द्र रिजाल २४४
१८ सुजाता कोइराला २४४
१९ गोपालमान श्रेष्ठ २३९
२० नारायण खड्का २३८
२१ चन्द्र भण्डारी २३८
२२ बद्री पाण्डे २३३
२३ एनपी साउद २२९
२४ शंकर भण्डारी २३६
२५ ज्ञानेन्द्र कार्की २२१

Leave A Reply

Your email address will not be published.