कांगे्रसको महाधिवेशनपछि सरकार विस्तार हुने

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन नभई विस्तार हुने बताउनुभएको छ । सुखानीका सहिदको ४३औं स्मृति दिवसका सन्दर्भमा एमाले काठमाडौं जिल्ला कमिटीले गरेको विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘काँग्रेसको महाधिवेशन पछि सरकार परिवर्तन हुन्छ पनि भनिएको छ । त्यो भाषा मिलेन । कुरा के हो भने महाधिवेशनपछि सरकार विस्तार हुन्छ ।’ काँग्रेस पनि सरकारमा आउने विश्वास गर्दै प्रधानमन्त्री ओलीले आएन भने लोकतान्त्रिक विधिअनुसार सरकार अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । उहाँले केही व्यक्तिले नाकाबन्दीले निस्सासिएर वा छिमेकीको सम्बन्ध बिग्रिएर यो सरकार ढल्छ भन्न थालेको टिप्पणी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.