ब्रुस्सेलमा नेपाली पाठशालाको सुरुवात

0

ब्रुस्सेल्स । ब्रुस्सेल्सबासी अभिभाबकले एउटा इतिहास रचेको छ । उनीहरुले ब्रसेल्समा नेपाली स्कुल स्थापना गरेर एउटा इतिहासको सूत्रपात गरेका हुन् । सन्ततिको लागि, नेपाली भाषा र नेपाली सस्कृतिको जगेर्ना गर्ने हेतुले स्थापना भएको नेपाल बाल संस्कृतिक केन्द्रको प्रयासमा स्कुल स्थापना भएको हो ।
केन्द्र अधक्ष्य विकास हमालको सभापतित्वमा मा सम्पन्न उक्त कार्यक्रममा राजदुत पोख्रेल र अधक्ष्य विकास हमालले पानसमा दियो बालेपछि कार्यक्रमको औपचारिक सुरु भएको थियो । ब्रुस्सेल नेपाल मिलन केन्द्रका संस्थापक अधक्ष्य उत्तम गौतमले स्वागत भाषण गर्नु भएको थियो। एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, अभिभाबकको रुपमा रबिन्द्रमान श्रेष्ठ र रजनी प्रधान, एनआरएन महिला संयोजक सपिला राजभण्डारी, अनेसास यूरोप समितिका उपाधक्ष्य बिमल गिरि, समाजसेवी सुरेन्द्र अमात्यले पाठशालाको बारेमा बोलेर हौसला दिनुभएको थियो । एनअरएन सदस्य चीजकुमार श्रेष्ठ, नेपाल राजदुताबासका तृतीय सचिब रामबाबु नेपाल, एनआरएन उपाधक्ष्य पदम गुरुङ, नेपाल ब्रुस्सेल्स मिलन केन्द्रका अधक्ष्य इश्वोरा शर्मा, आमा समुहका अधक्ष्य बिष्णु गुरुङ, नेपालबाट पाल्नुभएका संगीतकारहरु श्री प्रण मन्दी र रबिन सिटौला साथै ब्रुस्सेल्सबासि अभिभाबक र बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो।
महामहिम राजदुत राममणी पोख्रेलले पाठशालाको संगसंगै पुस्तकालय पनि खोल्नको लागि अनुरोध गर्नु भएको थियो र यसको लागि उहाले स्वयम अनि राजदुताबासले सक्दो सहयोग गर्ने प्रतिबद्रता पनि जाएर गर्नुभएको थियो।
आजको दिन मात्रै २३ जना बिधार्थी भर्ना भएको कुरा सिक्षिका सुसिला मगर, यडीना के.सी. र मंजु भुसालले जनाउनु भएको थियो । र साथै अप्रिलको अन्तिम दिन सम्ममात्रै भर्ना लिने कुरा संचालक समितिको तर्फबाट रजनी प्रधानले जानकारी गराउनु भएको थियो। महासचिब हरि कृष्ण श्रेष्ठले यो कार्यक्रम संचालन गर्नुभएको थियो।
अब आउने सनिबार देखि नै  बिधालयको ढोका खोल्ने र सोहीदिन नेपालबाट पाल्नुभएका संगीतकारहरु श्री  प्रण मन्दी र रबिन सिटौलाले बालबालिकालाई १ घण्टा  तबला, बासुरी अनि सारंगीको बारेमा बजाएर सुनाउने जानकारी पनि दिनु भयो।
NBCCC को सफल भबिस्यको कामना गदै आइसीसी सचिव अर्जुन कुमार श्रेष्ठले ३ महिनाको सम्पूर्ण खर्च र पाठशालाको लागि एउटा प्रोजेक्टर दिने कुरा गर्नु भएको थियो, भने उत्तम गौतमले ५० यूरो, चीज कुमार श्रेष्ठको तर्फबाट ५० यूरो, पदम गुरुङको तर्फबाट ५० यूरो, बिकाश हमालको तर्फबाट ५० यूरो, अम्बिका के.सी. र दिपेन्द्र के. सी.को तर्फबाट ३० यूरो, सुरेन्द्र अमात्यको तर्फबाट १० यूरो पनि सहयोग स्वरुप प्राप्त भएको थियो ।
अन्तमा पाठशालालाई यहासम्म पुर्याउनको लागि मद्त गर्ने कर्मठ हातहरुलाई प्रमुख अतिथि महामहिम राजदुत राममणी पोख्रेलले धन्यबाद स्वरुप प्रमाण पत्र प्रदान गर्नुभएको थियो। अन्तमा सबैजान ब्रुस्सेल बासि अभिभाबक साथै, अतिथि जनहरुले पाठशालालाइ निरन्तरता दिनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्रता जाएर पनि गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.