पोर्तुगलमा खुल्ला युवा भलिबल प्रतियोगिता

0

पोर्तुगल । पोर्तुगलमा रहेका बुर्तिबाङ-बागलुङका युवाहरुले खुल्ला युवा भलिबल प्रतियोगिता आयोजना गर्ने भएका छन् । मार्च २७ तारिख आइतबारका दिन इनाटेल फुन्दासाँउ लोजा अल्भलादको कभर्ड हलमा प्रतियोगितासहित साँस्कृतिक कार्यक्रम पनि हुने छ । भलिबलको बिजेतालाई ८०१ युरो नगद, कप, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । उपबिजेतालाई ५०१ युरो नगद, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।  खेल मार्च २७ तारिख बिहान १० बजेदेखि शुरु हुने बताइएको छ ।
प्रत्येक समूहको दर्ता शुल्क १५० युरो लाग्नेछ । समूहमा टिम मेनेजरसहित १० जनाको नाम दर्ता गर्न पाइनेछ । बुर्तिबाङ-बागलुङ खुल्ला युवा भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम संयोजक ओमकार थापाका अनुसार मार्च २६ तारिख शनिबार दिउँसो १:०० बजेसम्म समूह दर्ता गराइसक्नु पर्नेछ । शनिबार दिउँसो ३:०० बजे गोलाप्रथाद्वारा खेलको समय तालिका निर्धारण गरिनेछ । कुखुरा पार्कमा हुने गोलाप्रथामा मेनेजर वा उसले खटाएको एकजना खेलाडी अनिवार्य उपस्थित हुनुपर्नेछ ।
सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट लिफ्टर, सर्वोत्कृष्ट मेनेजर, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट ब्लकर र अनुशासित खेलाडीलाई पुरस्कृत गरिने आयोजक समूहका खेलाडी खगेन्द्र श्रेष्ठले बताए । आयोजकले समूह दर्ताका लागि बिनय घर्ती मगर (९२०४४२८४८), तोरण चन्द (९२०१०९४००) र टेकबहादुर राना मगर (९२०३८४९५०) लाई जिम्मा दिएको छ ।
कभर्ड हल Parque de Jogos 1º de Maio (रोम मेट्रो स्टेशन नजिकै) रहेको छ । कार्यक्रममा एभरेष्ट तेक्वान्दो क्लबले तेक्वान्दो पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
– योगेन्द्रमिलन छन्त्याल

Leave A Reply

Your email address will not be published.