रामचन्द्र पौडेलद्धारा सभापतिमा उम्मेदवारी घोषणा

0

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिका आकांक्षीहरुले उम्मेदवारी घोषण गर्नेक्रम जारी छ । संस्थापन पक्षबाट दुई र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट एक गरी तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको अवस्थामा सुजाता कोइरालाले पनि सभापतिमै उम्मेदवारी घोषणा गरेकी छन् ।
कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका छन् । पौडेलको प्यानलबाट महामन्त्रीमा बीपी कोइरालाका पुत्र शशांक कोइरालाले उम्मेदवारी दिने भएका छन् भने कोषाध्यक्षको टुंगो लागिसकेको छैन । संस्थापनबाट महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि बुधबारै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता देउवाले भने विहीबारमात्रै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.