पौडेल र देउवालाई अर्जुनको सुझाव

0

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई एकताबद्ध बनाएर लैजान १३ औं महाधिवेशनमा सभापतिका आकांक्षी देखिएका कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवा मध्ये एक जना सभापति र अर्का संसदीय दलको नेता हुँदा राम्रो सन्देश जाने बताएका छन् ।
सबै नेता तयार भए पदाधिकारीमा युवालाई मात्र उम्मेदवार बनाउने विषयमा पनि आफू तयार रहेको उनले बताए । कांग्रेस कार्यकर्ताले समूह हेरेरभन्दा व्यक्ति हेरेर मतदान गर्नुपर्ने भन्दै नेता केसीले पार्टीभित्रैको समूहमा हुने परिवर्तनलाई अन्यथा ठान्न नहुने बताए । नेता केसी आसन्न महाधिवेशनमा महामन्त्रीको आकांक्षी देखिएका छन् । यद्यपि, पार्टीको कुन समूहबाट महामन्त्री बन्ने भन्ने घोषणा भने उनले गरिसकेका छैनन ।

Leave A Reply

Your email address will not be published.