बेल्जियममा पहिलो आईएफडे यूरोप सम्पन्न

0

ब्रसेल्स । गत साता बेल्जियमको एन्त्वेर्पेन शहरमा अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले आई ए एफ एवार्ड डे कार्यक्रम सम्पन्न गरेको छ । ३ चरणमा विभाजित उक्त कार्यक्रम को उद्घाटन प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका कन्सुलर घनस्याम भण्डारी ज्युले गर्नु भएको थियो भने, विशिष्ट अथितिमा गैरआवाशीय नेपाली संघ ग्लोबल सचिब अर्जुन कुमार श्रेष्ठ र गैरआवाशीय नेपालि संघ आई सी सी महिला कॉर्डिनेटर रजनी प्रधान रहनु भएको थियो । प्रमुख अथिति तथा विशिष्ट अतिथि द्वारा संयुक्त रुपमा मुख्य द्वारमा सजाईएको रिबन काटेर पहिलो आई ए एफ एवार्ड सो २०१६ लाई उद्घाटन गरिएको थियो।उद्घाटन पश्च्यात मंच अगाडी राखिएको शोभायमान पानसमा प्रमुख अतिथि द्वारा बत्ति बालेर अफिसियल रुपमा कार्यक्रम शुभारम्भ गरिएको थियो। कलाकार मंचको तर्फबाट मंचका उपाध्यक्ष कुमार जोशी (केदार ) ले स्वागत मन्तब्य पेश गर्नुभएको थियो।कार्यक्रमको संयोजक मंचका साँस्कृतिक सचिव बिनोद शाहीले गर्नु भएको थियो । कार्यक्रमको प्रचार प्रसार तथा पोस्टर डिजाईन कलाकार मंच जर्मनी संरक्षक लव थापा र निर्माता निर्देशक स्पेनबाट गंगाराम सापकोटाले गर्नु भएको थियो। कार्यक्रमको उद्घोषण सौरभ करंजित र श्रीभा रानाले संयुक रुपमा गर्नुभएको थियो ।
बेल्जियममा रहेका अन्य विभिन्न संगठनका अध्यक्षज्युहरुको आथित्यमा संचालित दोश्रो चरणको कार्यक्रममा यूरोपमा पहिलो पटक सामाजिक क्षेत्रमा योगदान पुर्याउने र कलाकारिताको माध्यमले देशको नाउँ उच्च बनाउने सफल कलाकारहरुलाई एवार्ड तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

111
अन्तर्राष्ट्रिय कलाकार मंच(यूरोप) विभिन्न शाखा देशका अध्यक्षहरु कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु , नेपालि कलाकारहरु , पत्रकारहरु ,नेपाली दाजुभाई तथा दिदी-बहिनीहरुको बाक्लो उपस्थिति विच तेश्रो चरणको कार्यक्रममा नेपाली संस्कार र संस्कृति झल्कने खालका नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा यूरोपका विभिन्न देशबाट आमन्त्रित यूरोपमा ख्याति कमाई सकेका ख्याति प्राप्त कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो ।नेपालका ख्यातीप्राप्त लोक गायक खेम राज गुरुँगको “वारी जमुना पारी जमुना” गीतले साँस्कृतिक कार्यक्रमलाई अझ रौनक थपेको थियो ।
पहिलो आई ए एफ डे’ २०१६ यूरोपमा सम्मान तथा एवार्ड पाउने सम्मानित व्यक्तिहरुको नामावली यस प्रकार छ ।
वरिष्ट सामाजिक व्यक्तित्व युरोप २०१६ एवार्ड अर्जुन कुमार श्रेष्ठ ।
वरिष्ट सामाजिक व्यक्तित्व युरोप २०१६ एवार्ड ( महिला ) रजनी प्रधान
वरिष्ट कलाकारिता सम्मान युरोप २०१६ एवार्ड कलाकार पार्वती अधिकारि
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (जर्मनी) यज्ञराज सुबेदी
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (स्पेन) गंगाराम सापकोटा
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (स्पेन ) भोला लामिछाने
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) लोक दाहाल
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) डम्बर प्रसाद आचार्य
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) सिता सापकोटा
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) यसोदा थापा
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (हल्याण्ड ) नेगी डिम्पु
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (पोर्तुगल ) कमल बिस्ट
त्यसै गरी नेपाली कला र कलाकारिताको माध्यमले देश सेवा गर्ने कलाकारहरुलाई विशेष कलाकार बर्ष २०१६ ले सम्मान गरियो ।
विशेष कलाकार २०१६ सम्मान (पोर्तुगल) बिष्णु क्षेत्री
विशेष कलाकार २०१६सम्मान ( स्पेन ) तुलसी सिवाकोटी
सम्मानित कलाकारहरु र सामाजिक व्यक्तित्वहरुलाई प्रमुख अतिथि , विशिष्ट अतिथि , कलाकार मंचका पदाधिकारीहरुले तथा लोक गायक श्री खेमराज गुरुङले सम्मान पत्र एवार्ड तथा खादा ओढाई सम्मानित गर्नु भएको थियो ।
कार्यक्रमको समाप्ति पश्च्यात लगत्तै आयोजना गरिएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको संचालन पत्रकार कमल विष्टले गर्नु भएको थियो । पत्रकार भेटघाटको क्रममा पत्रकार द्वारा सोधिएको प्रश्नको उत्तर दिने क्रममा कलाकार मंच यूरोपका अध्यक्ष श्री दयाराम पौड्याल ले जानकारी गराए अनुसार आई ए एफ डे प्रत्येक वर्ष सोहि समयमा क्रमश; यूरोपका अन्य देशमा आयोजना गदै सामाजिक व्यक्तित्व तथा कलाकारलाई सम्मान प्रदान गरिने छ ।
“पहिलो आई ए एफ डे’ २०१६ यूरोप” का प्रमुख उपलब्धिहरु
अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले यूरोपभरी रहेका कलाकारहरुलाई एक सुत्रमा बाँधी कार्यक्रम प्रस्तुत गर्न एउटै मंचको व्यवस्था गरी कलाकार-कलाकारहरु विच सम्बन्ध बलियो बनाउन पहल कदमको दरिलो आधार खडा गरेको छ ।
कलाकार मंचसंग आबध्ध कलाकारले अब उप्रान्त आफ्नो गीत रेकर्ड गर्नु परेमा निशुल्क स्टुडियोको व्यवस्था गरिनेछ ।
कलाकार मंचसंग आबध्ध कलाकारहरुले म्युजिक भिडिओ बनाउन चाहेमा आवश्यक सर सहयोग गर्दै प्रति भिडिओ ६०० यूरो आर्थिक सहयोग गर्ने ।
विशेष उपब्धिका साथ सम्पन्न गरिएको “आई ए ए फ डे २०१६ यूरोप”मा सम्मानित सबैलाई हार्दिक बधाई व्यक्त गर्दै कार्यक्रम सफलताका साथ् सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा कलाकार मंच हार्दिक आभार व्यक्त गर्दछ ।

Leave A Reply

Your email address will not be published.