प्रधानमन्त्रीको भ्रमण दलमा निजी क्षेत्रका व्यवसायी

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि गर्नुभएको भारतको छदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको छ । महासङ्घको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोसाक, पर्यटन, बैंकिङ, शिक्षा स्वास्थ्य, अटोमोबाइल, हस्तकला र उत्पादनमूलक क्षेत्रका प्रतिनिधि हुनुहुन्छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, प्रदीपकुमार श्रेष्ठ र सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्य चन्द्रप्रसाद ढकाल, कमला श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, शाहिल अग्रवाल, ज्ञानेन्द्रलाल प्रधान, उमेशलाल श्रेष्ठ, त्रिभुवनधर तुलाधर र महासङ्घका उपनिर्देशक अनुपकुमार श्रेष्ठ रहनुभएको छ ।
महासङ्घको प्रतिनिधिमण्डल प्रधानमन्त्री सहभागी हुने औपचारिक कार्यक्रममा भाग लिनाका साथै भारतीय उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने द्विपक्षीय व्यापार विस्तारसम्बन्धी कार्यक्रममा सरिक हुनेछ । महासङ्घको प्रतिनिधिमण्डलले भारतीय अर्थ, वाणिज्य, ऊर्जा र पर्यटन मन्त्रालयका उच्च पदाधिकारीसँग भेटवार्ता गरी द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि आवश्यक प्रयास गर्ने गर्ने अध्यक्ष मुरारकाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.