एमाले अखिलमा मतदान प्रक्रिया सुरु

0

काठमाडौं ।  नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज साँझबाट मतदान प्रक्रिया सुरु भएको छ । निर्वाचन कमिटीले १७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाएको हो । विद्यार्थीका विभिन्न समूहका विवाद टुङ्गो सहमतिमा लगाएपछि मतदान सुरु गरिएको र मतदान आज रातिसम्म चल्नेछ ।
मतदानका लागि १८ वटा मतदान केन्द्र बनाइएको छ । एक पटकमा १२० जनाले मतदान गर्नसक्ने व्यवस्था गरिएको छ । उक्त प्रक्रियामा देशभरबाट आएका एक हजार ५९७ मतदाताले मतदान गर्ने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
मतदानको गणनाका लागि अध्यक्ष मण्डलले मतदान प्रक्रिया सम्पन्न भएपछि विद्यार्थीबीच समझदारी कायम गरी आवश्यक नियम बनाउने र गणना गर्नेछ । बिहीबारदेखि जारी सम्मेलन समयमा सम्पन्न हुन नसकेका कारण आजसम्म लम्बिएको हो । तीनदिनमा रु ५० लाखको लागतमा सम्पन्न गर्ने योजना रहेको सम्मेलन प्रतिदिन रु २० लाखका दरले खर्च थपिएको बताइएको छ । वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाको समूहका बीच सङ्गठनको अध्यक्षमा प्रतिष्प्रर्धा छ ।

Leave A Reply

Your email address will not be published.