काठमाडौं कांग्रेसमा तीन उम्मेदवार, तीनथरि एजेन्डा

0

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको क्रममा काठमाडौँ जिल्लाको जिल्ला सभापतिका लागि वर्तमान अध्यक्ष भीमसेनदास प्रधान, नरोत्तम वैद्य र सबुज बानियाँले उम्मेदवारी दिनुभएको छ । तीनै उम्मेदवारको उम्मेदवारी दिनुको आ–आफ्नै कारण भएको उहाँहरुको दाबी छ ।
जिल्ला सभापति भीमसेनदास प्रधान सबै साथीको आग्रहमा काठमाडाँैका समस्या समाधान गर्न आफूले सभापतिका लागि उम्मेदवारी दिएको बताउनुहुन्छ ।’ उहाँले अहिले सभापति हुँदा पूरा गर्न बाँकी रहेका काम पूरा गर्न आफ्नो उम्मेदवारी आवश्यक रहेको तर्क दिनुहुन्छ ।
अर्का उम्मेदवार तथा पुराना नेता नरोत्तम वैद्य भने पार्टीभित्र रहेको विवाद मिलाएर सबैलाई एकसाथ लैजान अहिलेका सभापतिले नसकेका कारण आफूले सभापतिका लागि उम्मेदवारी दिएको बताउनुहुन्छ । पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष समेत रहनुभएका नेता वैद्यले आफू सभापति भएपछि पार्टीमा रहेको सबै प्रकारको विवाद मिलाएर लैजानसक्ने क्षमता आफूसँग भएको स्पष्ट पार्नुहुन्छ ।
अर्का उम्मेदवार सबुज बानियाँ भने पार्टी सशक्त बनाई तल्लोस्तरसम्म पार्टीलाई पु-याउन आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । जनस्तरमा काँग्रेसको पहुँच कम पुगेकाले त्यो दुरी घटाउन आफूले उम्मेदवारी दिएको बताउनुुहुन्छ ।
देशभरमै सबैभन्दा बढी कार्यकर्ता एकहजार २७३ मतदाता रहेको काठमाडौँ जिल्ला अधिवेशनले पार्टीको मान्यतालाई न्याय गर्नसक्ने सभापतिको चयन गर्ने विश्वास व्यक्त गर्नहुन्छ काँगे्रसका महामन्त्री प्रकाशमान सिंह ।
उहाँले वडा, क्षेत्र र जिल्लामा समक्ष नेतृत्व चयन हुनसकेमा मात्र केन्द्रमा पनि सक्षम नेतृत्व आउने बताउनुहुन्छ । उहाँले काँग्रेसले देशलाई जतिबेला आवश्यक पर्छ त्यो समयमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएकाले अबको नेतृत्व पनि सक्षम आउनुपर्ने विचार राख्नुपर्छ । उहाँले अहिलेको अधिवेशनका प्रतिनिधिमा युवाको बढी उपस्थिति रहेको बताउँदैँ काँग्रेसले युवालाई पनि अबको देशको जिम्मेवार नेतृत्व ठानी अगाडि ल्याइरहेको पनि तर्क गर्नभयो ।

Leave A Reply

Your email address will not be published.