अस्तित्व रक्षाका लागि पार्टी एकता

0

काठमाडौं । सबै माओवादी पार्टी एक नभए नेपालबाट माओवादीको अस्तित्व समाप्त हुनेमा सम्बन्धित पार्टीका नेताले चिन्ता व्यक्त गरेका छन् । आज यहाँ आयोजित माओवादी पार्टीको आवश्यकता र औचित्य विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले माओवादीको अस्तित्व जोगाउन सबै माओवादी पार्टी एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।
एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले देशको राष्ट्रियता बचाउन पनि सबै फुटेका माओवादी पार्टी एक भएर समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नुभयो । प्रवक्ता शर्माले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र मोहन वैद्य संयुक्त दस्तावेज लेखनमा केन्द्रित भएको जानकारी दिँदै फागुन १ गते पार्टी एकताको घोषणा गर्न र आम क्रान्तिकारीको धु्रवीकरणका लागि अपिल गर्नेस्थिति निर्माण भएको बताउनुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य एसपी थापाले नेपाली जनताले पनि फुटेका पार्टी एकीकरण होस् भन्ने चाहेको बताउँदै एकीकरण हुनुपूर्व आपसमा भएका समस्या समाधान गरेरमात्र पार्टी एकीकरणको बाटोमा जानुपर्ने औँल्याउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य हरिभक्त कँडेलले अहिलेको समयमा सम्पूर्ण राष्ट्रवादी एक हुनेबेला क्रान्तिकारी कम्युनिष्ट पनि देशको राष्ट्रियता बचाउन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले माओवादी आन्दोलन विघटनमा गएकाले एकता अनिवार्य रहेको विचार राख्नुभयो ।
माओवादी एकता अभियानकर्मी शान्ता श्रेष्ठ, प्रा डा गोपाल सिवाकोटी, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, डा विष्णुहरि नेपाललगायतले माओवादी एकताका लागि प्रमुख नेताको प्रतिबद्धतासहित एकताको पहल गर्नुपर्ने आँैल्याउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.