इलाम कांग्रेसमा संस्थापन पक्ष हावी

0

इलाम । नेपाली काँग्रेसको आगामी १३ औ महाधिवेसनको क्रममा इलाम जिल्लाका गाउँ र नगरमा भएको अधिवेसनको नतिजाले संस्थापन पक्ष बलियो देखिएको छ । देउवा निकट मानिने हालका सभापति केशब थापाले उम्मेदवारी दिन नपाउने भएपछि अर्को दरिलो उम्मेदवारीको खोजी सुरु भएको छ । ११ औं र १२ औं महाधिवेसनमा लगातार सभापति भएका केशव थापा आफैं जिल्ला सभापतिमा उमेद्वार वन्न नपाउने व्यवस्था भएपछि थापा पक्षले सभापति पदमा उठ्ने सक्षम उमेदवार समेत भेटाएको छैन । जसका कारण देउवा पक्ष अप्ठ्यारोमा परेको छ ।
यद्यपी जिल्लामा भेषराज आचार्य, बेनुपराज प्रसाई र हिमालय कर्माचार्य तीनजना दर्‍हो उम्मेद्वारका रुपमा उभिएका छन् । थापा प्यानलबाट सभापतिमा उठ्ने चर्चा रहेका होम दुलाल क्षेत्रिय प्रतिनीधिमै पराजित भएपछि बासु बस्नेतको नाम चर्चामा आएको छ ।
कर्माचार्य समेत इलाम नगरबाट झिनो मतले क्षेत्रीय प्रतिनीधि चुनिएका छन् । तर तीन जना उम्मेदवारले आफूहरुलाई कमजोर ठानेका छैनन । विगतमा भन्दा यो वर्ष काँग्रेसमा युवाहरु क्षेत्रीय प्रतिनीधि र गाउँ नगरको सभापति चुनिएकाले युवाले काँग्रेसको अधिवेसनको माहौल तताएको जिल्ला कोषाध्यक्षका उम्मेदवार विष्णु कार्कीले जानकारी दिए ।
विगतमा पटक–पटक पदमा रहेका व्यक्तिलाई केन्द्रिय कार्य समितितर्फ उन्मुख गराएर नयाँ सक्षम व्यक्ति चुनिनुपर्ने उनको बुझाइ छ । नगर तथा वडाको नतिजा अनुसार प्रतिनिधीका रुपमा अधिकांश युवाहरुको वाहुल्यता देखिन्छ । जसका कारण जिल्लाको नेतृत्व आंकलन गरे अनुसार नहुने सम्भावना पनि उत्तिकै जिवीत छ ।
पंचायतकालमा पनि सक्रिय राजनीतिमा रहेका प्रसाई र कर्माचार्यको ‘भोट बैंक’ एकै भएकाले उनीहरुको मत विभाजन हुने एकथरीको अनुमान छ । तर वर्तमान सभापति केशव थापा पक्षले महाधिवेसन प्रतिनीधिका लागि समिकरण गरेका खण्डमा कुनै पनि पक्ष सवल हुन सक्ने अनुमान छ । थापा पक्षले खडा गरेको सभापतिको उम्मेद्वारले नतिजा आफ्नो पोल्टामा पार्ने सम्भावना न्यून रहेकाले महाधिवेशन प्रतिनिधीमा बार्गेनिङ हुने देखिन्छ ।
क्षेत्रीय अधिवेशन अगाडि आफनो समर्थन घोषणा गरेमा हारिने डरले उमेद्वार वन्ने नेताहरु अहिले पक्ष लिएर बोल्न डराइरहेका छन् । केशव थापा पक्ष एक भएर आफ्नो पक्षमा महाधिवेसन प्रतिनीधि जिताउने दाउमा क्रियाशील रहेको छ । यसो हुँदा थापा पक्षले कर्माचार्य, आचार्य र प्रसाई मध्येसँग समिकरण गर्नसक्ने सम्भावना पनि उत्तिकै छ ।
यता कोषाध्यक्ष डम्बर खड्का समेत जिल्ला सभापतिको दावेदार मानिन्छन् । यसअघि थापा पक्षमा रहेका खड्का आफैले उमेदरी घोषणा गरेपछि थापा पक्षले उनलाई हराउने अभियान चलाएको छ । खड्का महाधिवेसन प्रतिनीधि चयन भएमा सभापतिको उमेद्वार बन्ने निश्चित प्राय छ । उनी दावेदार भएमा थापा पक्षको मत समेत खड्कामा जान सक्ने समेत अड्कलबाजी इलाम काँग्रेसमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.