खाँचो फूटको होइन क्रान्तिकारी ध्रुविकरणको, प्रेम पाठक

0

 

जब नेपालमा जनयुद्ध चलिरहेको थियो, युरोपमा यसको प्रभाब यहाँका प्रबासी नेपालीहरुले सक्दो सहयोग गरे । चाहे नेपाली बीचमा होस् वा युरोपियनहरुका बीच  । कार्यशैली भूमिगत थियो यतापनि ।  प्रभाव भने बढ्दो थियो । केन्द्र देखिका नेताले दिएको प्रशिक्षण र गोप्य सर्कुलरले जति उर्जा दिन्थ्यो त्यो भन्दा बढी नेपालमा माओवादीको राज्यसत्तालाइ थर्काउँदै सेना र प्रहरीका ब्यारेक कब्जा गरेका समाचारले प्रभाव पार्थ्यो  । त्यो देख्दा र सुन्दा रगत उमाल्थ्यो । प्रबासी नेपालीदेखि बिदेशीहरु, शुभचिन्तक, समर्थक सबैले सोध्थे । भाइचाराहरुले उत्सुकताकासाथ चासो राख्दथे, के हुँदैछ ? झन् गम्भीर भएर सोद्दथे, अब के हुन्छ ?

यहाँका नेतृत्वले जे थाहा थियो त्यो सबै नत भन्न मिल्थो न त् पूर्णज्ञान नै थियो । अनि भन्ने गर्दथे “वेट एण्ड सी । वि विल विन (पख्नुस र हेर्नुस, हामीले एकदिन जित्ने छौं ) । यहि नै सालिन र बस्तुवादी उत्तर थियो  । खास उत्तर त् युद्द लड्नेलाइ पनि सोझै दिन कठिन थियो होला । यताकाले कति दिने ? जे जानेको र मिल्नेसम्म दिए ।  जति दिए ठिकै दिए । 

बाह्र बुँदेको हस्ताक्षरले शान्तिप्रक्रियामा मावोवादी पुग्यो । यसको प्रभाव युरोपका नेपालीमा पनि नपर्ने कुरै भएन । यहाँका धेरैलाई माओवादी शक्तिमा आएको महसुस भयो । आखिर शक्ति को पुजा यत्र तत्र, सर्बत्र हुनेनै भयो । यहाँ पनि अछुतो रहेन  । इमान्दार माओबादीमा लागेकाले आफ्नै जीवनमा जनवाद आउँछ भने नेपाल किन नफर्कने ? भनेर तर्क गर्दथे भने शक्तिको दुरुपयोग गर्नेले ‘फलानो नेता मेरो नजिक’ भनि आफु मावोवादी पार्टीको नजिक रहेको परिभाषा पनि गर्न पुगे ।

 

त्यति मात्रै हो र ? हिजो जनयुद्ध कालमा माओबादिलाई गालि गर्नेहरु, अनेक लान्छना र बिबिध आरोप लगाउनेहरुपनि पछिका दिनमा नजिकिन आए । कतिपए त आफु जन्मसिद्द माओवादी भएको दाबी गर्न लागे । यस्तो लाग्दथ्यो, केहि अन्य पार्टीका चिनिएका नेता कार्यकर्ताहरुबाहेक अरु सबै बेल्जियमबासि नेपाली माओवादी हुन् । समग्र युरोपमा नै सांगठानिक गतिबिधि तथा बिबिध कार्यक्रमको उपस्थितिले त्यसैलाई सिद्द गर्थ्यो ।

एक दशक जनयुद्दको समय अनि अर्को दशक शान्ति प्रक्रियाका दिनमा नेपालको माओवादी आन्दोलनले एक १८० डिग्रीमा फन्को मार्यो ।  प्रमुख नेताका ब्याक्तिगत सोचनै पार्टी निर्णय भनिन लागे । जन जति धन करण भए ।  जन अदालत, जनसेना, जनसत्तालाइ सरकारको लागि दाउमा चढाइयो । सहिद, बेपत्ता, घाइते र तिनका परिवार र देश बनाउँछु भन्नेका सपनाहरु मार्ने काम भयो । यो केहि पद र स्वार्थका लागि प्रभुसंग लम्पसार पर्ने दलाल नेताहरुलाइ पच्च्य भए नि आम माओवादीलाइ पाच्य हुने भएन । यसले लामो समयदेखि सुसुप्त अवस्थामा रहेको बिद्रोहको रुप प्रस्टूपन भयो । यसको रुप बौद्ध भेलाको रुपमा प्रकट भयो  ।  एमाओवादिभित्र बिद्रोह भयो र ने क पा- माओवादी बन्यो ।

बिद्रोह क्रान्तिका लागि थियो नकी गफका लागि । जसलाई क्रान्तिका लागि आदर्श मानेर अगाडी बढे आज उसैसंग क्रान्तिको तयारीको कुरा गर्दा अतिवादको आरोप बेहोर्नुपर्दा शंका हुन्न र ? हेर्दै जाँदा काम होइन कुरामा रमाउने देखियो ।  यो अर्को धोका थियो जुन सैय हुने कुरै भएन । इतिहासमा क्रान्तिकारीहरु बिचको  सम्बन्ध बिच्छेद तिक्ततापूर्ण बन्यो ।  फेरी नदोहोराउने गरि हिजो आदर्श मानेकालाई आज दोष देखाएर बस्नुभन्दा हार्दिककतापूर्वक बहिर्गमन राम्रो । त्यसैले नयाँ इतिहास कोर्दै ‘क्रान्ति दोषमा होइन काममा देखाउने होé भनी फेरी फुट बेहोर्यो मावोवादीले । बन्यो ने क पा माओवादी । ‘क्रान्तिको पुनराब्रित्ति होइन बिकास गर्ने हो’ भन्दै पास गर्यो आफ्नो लाईन एकीकृत जनक्रान्तिको कार्यदिशा । यहि कार्यदिशाको आधारमा जनपरिषद र जन सभाको घोषणा देशैभारी भैरहेको छ । यसैलाई प्रतिक्रियावादी सत्ताले हिजोको जनसरकार जस्तै हो भनेर बुझ्दै छ । हिजो बिकट गाउँमा  घोषणा भएको जनसरकार आज उनीहरुको सत्ताको केन्द्र काठमाडौंको मुटु सान्तिवाटिकामा घोषणा भएको छ । यो एक हदमा एकीकृत जन क्रान्तिको कार्यान्वयन हो ।

 

यसरि मारिएका सपनाहरुलाई जोड्ने आशा युरोपमा  नेपाली जन परगतिशील मोर्चाले पुलको काम गर्यो । जसको लागि तत्कालिन अध्यक्ष किरणलाई युरोप ल्याउने र बिचार प्रबाह गराउने जमर्को गर्यो । किरणजीले कुरा सिद्दान्तत क्रान्तिका गरे पनि ब्यबाहारमा कार्यन्वयन भएन । यो देखेपछि फेरी धोका खान नहुने महसुस गरे  बास्तविक क्रान्तिका मानिसहरुले । युरोपका सबै संगठनले एकीकृत जनक्रान्तिको कार्यदिशालाइ सहि माने । यो नेपालमा मात्रै नभई अन्तरास्ट्रिय रुपमा नै नयाँ थियो । यो विचारको बारेमा अलि गम्भीर छलफल जरुरि थियो । यसको मर्म र उद्देस्य बुझ्नको लागि । त्यसैले सोहि पार्टीका स्थायी समिति सदस्य द्वय क प्रकाण्ड अनि क कन्चनलाइ अतिथिको रुपमा मोर्चाले युरोपमा निमन्त्रणा गर्यो अघिल्लो साता ।

१२ जनवरी देखि २९ जनवरी सम्मको युरोप बसाइको क्रममा मुलत तिन उदेस्य रहेको पाइयो –

१. युरोपको केहि एतिहासिक तथा भौगोलिक अध्ययन गर्ने ,

२.कुटनीतिक तथा भाइचारा संगठनसंग सम्बन्ध बिस्तार गर्ने ,

३.प्रवासी नेपालिबीच राजनैतिक, बैचारिक छलफल अनि  सांगठानिक विस्तार गर्ने,

यसरि माथिका उदेस्य हरु मध्य पहिलोमा युरोपको इतिहास दुइ हप्ताको छोटो बसाइले न त् बुझ्न सकिन्छ न त् यहाँबाट हेरेर मात्रै बुझिन्छ भन्ने नै हो । यो यहाँ नआएपनि बुझ्न सकिन्छ नै । तरपनि कम्युनिस्टका आदर्शकार्ल मार्क्स र लेनिनको जन्म युरोपमा नै भएकोले होला अलि बढी उत्सुक हुनु स्वभाविकै हो । तैपनि लेनिनको जन्म  र  समाधि स्थान रस्सा जान समय प्रतिकुल रह्यो । त्यसैले कार्ल मार्क्सको जन्मथलो जर्मनी पुग्नु भयो उहाँहरु । दोस्रो उद्देस्यलाइ  यत्ति छोटो समयमा सोचे जस्तो हुने कुरै भएन । यसको लागि गम्भीर छलफल जरुरि हुन्थ्यो नै । तरपनि छोटो समयमा तय गरिएको  भेटघाट भएपनि उत्साहजनक रह्यो । नेकपा माओवादीका नेतृत्वसंग गरेको छलफलले शान्ति प्रक्रिया पछिको उत्पन्न भ्रमलाइ चिर्न सफल भएको छ भन्ने धेरैले मूल्यांकन गरेका छन् । क्रान्ति र मुक्तिको लागि अथक लागिरहेको भन्दै उहांहरुले गरेको बिस्लेसनले नयाँ उर्जा अनि विश्वास जगाएको अनुबह्व धेरैले गरे । उनीहरु सहकार्यको लागि तयार देखिन्छन । यो भेटघाट र छलफलले बिगतमा छिन्न भिन्न भएको कम्युनिस्टहरुको अन्तरास्ट्रिय संगठन गठन गर्न सक्ने बाटोको सुरुवात भएको छ ।   अर्कोतिर साम्रज्यवाद बिरोधिधार जसले आफुलाई समाजवादी देश भन्छन उनीहरुसंग पनि अर्को मोर्चा बन्ने सम्भाबना बढेको छ  ।    तेस्रो बुँदामा मुलत आन्तरिक अनि बाह्य छलफल र बहस भए । आन्तरिक रुपमा मोर्चा निकट युरोप भरिका समर्थक, सुभचिन्तक तथा नेतृत्वलाइ बिबिध बिषयमा छलफल गर्दै मुलत एकीकृत जनक्रान्तिको बारेमा प्रस्ट पार्ने काम भयो । जसले यहाँ रहेकाहरुलाइ थप उर्जाका साथ जिम्वेवारी बोध गराएको महसुस भएको हुनुपर्छ ।

 

बाह्य रुपमा पत्रकार भेट घाट, बिबिध भेटघाट तथा अन्तरक्रिया कार्यकर्म सम्पन्न भए । स्पेनमा भएको नेपाली जन प्रगतिशील मंचको कार्यक्रममा क । कन्चन सहभागी हुनुभयो । जसले त्यहाँका स्थानीय नेपाली समुदायले दुतावासको अभावको समस्या राख्ने देखि बैचारिक बुझाइमा एकरुपता हुने काम भयो । यता बेल्जियम मा क । प्रकाण्डको प्रमुख आतिथ्यमा “नेपालको बर्तमान राजनैतिक अवस्था तथा प्रवासी नेपालीहरुको भूमिका “शिर्षकमा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । बेल्जियमका विभिन्न संघसंस्थाको उपस्थिति तथा लामोसमय देखि राजनैतिक कार्यक्रममा भएको न्यून उपस्थितिलाई मोर्चाले क्रमभंग गरिदिएको छ । हलमा संख्यात्मक मात्र नभई उल्लेख्य रुपमा प्रतिनिधिमुलक गुणात्मक उपस्थिति रहेको थियो । यसको मुख्य दुइ कारण थिए । एक मोर्चाको संगठनात्मक टिम स्पिडको कारण । अर्को नेकपा माओवादीको भावी नीति र कार्यक्रम प्रति आम जनसमुदायको कौतुहलता । यसको साथसाथै नेपाल अहिले गम्भीर रास्ट्रिय संकटमा परेको छ । यो संकटबाट मुक्तिको  एजेन्डा यो पार्टीले बनाएकोले त्यही एजेण्डाको समर्थन र ऐक्यवद्दता जाहेर गर्न पनि उपस्थिति बाक्लो रहेको थियो । बेल्जियम स्थित नेपाली बैचारिक तथा अन्य संघ संस्थाले प्रतिनिधिमुलक रुपमा राखेको  र अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाले पनि यो कुराको पुष्टि गर्दछ  ।

कार्यक्रमको मध्य बिन्दुतिर प्रमुख बक्ताको रुपमा नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रबक्ता क। खड्ग बहादुर बि क (।प्रकाण्ड) ले आफ्नो विचार राख्नु भयो । प्रतिकुल स्वास्थ्यका बावजुद सालिन अनि सरल सैलिमा हिजो जनयुद्ध गर्दाको अवस्था, १२ बुँदेको अवधारणा राख्नु भयो ।  त्यसमा दलाल, आत्मसमर्पणवादी नेताले दिएको धोका तथा संसद्वादी दलले १२ बुँदेको मर्म बिपरित गरेको कामबारेपनि खुलाउनु भयो छर्लङ्ग हुनेगरि । अनि भाबी राजनैतिक मार्गचित्र के हो त ? त्योपनि ब्याख्या गर्नु भयो । पटक पटक फुटबाट आजित भएका र ‘फुटको राजनीति’ भन्ने लाइ सम्झाउँदै भन्नु भयो “नेपालमा माओवादी पार्टी हिजो फुटेर ५ चिरा भए पनि हाम्रो फुट पछि अब यो फुटको प्रक्रियाको अन्त भएको छ । अब क्रान्तिकारिहरु हामीतिर र अवसरवादीहरु अर्कोतिर हुन्छन । अहिलेपनि हाम्रो माग १२ बुँदेलाई इमान्दार भएर लागु गर भन्ने हो । बलिदान यथास्थितिको लागि भएको होइन । परिवर्तन को लागि हो । जनता परिवर्तन चाहन्छन । मुक्ति चाहन्छन । यसको नेतृत्व हामी गर्न तयार छौं । हामी बलिदान हुन् तयार छौँ तर समर्पण गर्दनौं । यो एकीकृत जनक्रान्तिको कार्यदिशा ले सम्भव छ । षान्तिपूर्ण कि बल प्रयोग भन्ने कुरा राज्यसत्तामा भर पर्छ । राज्यबाट बल प्रयोग भए जनता सोहि अनुसार शसक्त प्रतिकार गर्ने छन  ।”

एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर देश र जनताको मुक्तिको लागि लागेको पार्टी । यसका नेतृत्वले क्रमिक रुपमा शान्ति प्रक्रिया पछिको बैचारिक भ्रम अनि निरासलाइ चिर्दै अगाडी बढेको अनुभव हुन्छ । अहिलेको यो भ्रमणले यहाँ बसेका नेपालीहरु,पार्टी र क्रान्तिप्रति लामबद्ध भैहाल्छन भन्ने होइन । बर्ग संघर्षमा प्रत्यक्ष नखारीइकन कसरि क्रान्तिकारितामा निख्खरता आउला र ? फेरी पनि  क्रान्तिकारीहरुलाई माया गर्ने गम्भीर साहस र बिस्वासको कोशेढुङ्गो  पैदा गरेको छ, यो भ्रमण, छलफल र बहसले । त्यसैले हामी पनि भन्छौं “अब क्रान्तिकारीहरुबिच फुट होइन, ध्रुबिकरण हुनुपर्छ ।  समयले मागपनि हो । नेपाललाई खाँचोपनि यसैको हो । राजनितिक समस्याको, नेपाली जनताको मुक्तिको संभावित मार्गपनि यहि हो ।

 

– ३० जनवरी २०१६,  बेल्जियम

Leave A Reply

Your email address will not be published.