काठमाडौंका दुई नगरमा निर्विरोध

0

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशन तयारीका क्रममा आज काठमाडौँका नौ नगरपालिकामा नगर समितिको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ । सो क्रममा शङ्खरापुर र नागार्जुन नगरपालिकामा सभापति एवम् छ सदस्य निर्विरोध निर्वाचित भएको काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले जानकारी दिनुभयो । शङ्खरापुरमा राजभाइ श्रेष्ठ र नागार्जुनमा केदार मानन्धरसहित सात जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।
कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा मङ्गलबार निर्वाचन हुनेछ, यी नगरपालिकामा सभापति सहित काँग्रेस विधानअनुसार दलित, जनजाति र अल्पसङ्ख्यक दुई-दुई गरी सात जनाको निर्वाचन हुनेछ । काठमाडौँ महानरपालिकाको नगर समिति भने यही माघ २५ पछि मात्र चयन हुने भएको छ । महानगरमा नौ हजार क्रियाशील सदस्य भएकाले जिल्ला अधिवेशनपछि मात्र महानगरको अधिवेशन हुन लागेको हो । काँग्रेसमा सबैभन्दा बढी पार्टी सदस्यबाट निर्वाचित हुने निकाय महानगर समिति हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.